Skip to main content

बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता

चार दिनको फरकमा दोस्रो एल क्लासिकोमा जित हासिल गरी बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता बनाएको छ । बार्सिलोनाको जितमा इभान राकिटिकको गोल निर्णायक बन्यो तर यस नतिजाले रियल मड्रिडको ला लिगा उपाधि दौडमा पनि नराम्रो धक्का लागेको छ ।
सन्टियागो बर्नबाउमा खेलको २६औं मिनेटमा सेर्गी रोबर्टोसँगको उत्कृष्ट तालमेलपछि राइटिचले गोल गर्न सफल भएका थिए । करिम बेन्जेमा र रफायल भारान बराबरी गर्ने उत्कृष्ट अवसरमा चुकेपछि बार्सिलोनाले रियल मड्रिडविरुद्ध ४ दिनमा लगातार अवे जित निकालेको हो ।
ला लिगा अंक तालिकामा रियल मड्रिड तेस्रो स्थानमा छ । लिगमा १२ खेल बाँकी रहँदा शीर्ष स्थानको बार्सिलोनासँग १२ अंकले पछि छ । एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । आज रियल सोसिडाडसँग हुने खेलमा एट्लेटिकोले जित हासिल गरेमा पनि बार्सिलोनाको ७ अंकको अग्रता यथावत नै हुनेछ । यो जितले बार्सिलोना पछिल्लो पाँचमध्ये चौथो उपाधिको नजिक पुगेको छ ।
रियलविरुद्धको खेल सकिएपछि बार्सिलोनाका खेलाडीहरुको सेलिब्रेसनले पनि यो पुष्टि गरेको छ । २६ खेलमा बार्सिलोनाको यो १८ औं जित हो । खतरनाक टिमहरुलाई रोक्दै यो नतिजा निस्किएको हो । गएको सिजन बार्सिलोनाले १४ अंकको अन्तरका साथ लिग जितेको थियो । बुधबार कोपा डेल रे मा रियललाई पारेको अर्नेस्टो भाल्भर्डेको टिम बार्सिलोनाले आफ्ना सबैभन्दा मूख्य प्रतिद्वन्दीलाई अधिक कठिन अवस्थामा पुर्याएको छ ।
मैदानमा पनि बार्सिलोनाले आफ्नो क्लासिकल प्रदर्शन गर्न सफल भयो । क्रोएसियाली मिडफिल्डर इभान राकिटिचले सर्जियो रामोसलाई पछि पारी गोलरक्षक थियावट कोर्टवालाई झुक्याए । कोर्टवाले मेसी र लुइस स्वारेजको सानदार प्रहारहरु बचाएका थिए । रक्षा क्षेत्रमा जेरार्ड पिक्यु र क्लेमेन्ट लेंगलेट सानदार देखिए । जसका कारण पछिल्लो ६ मध्ये ५ खेलमा बार्सिलोनाले गोल खाएको छैन ।

Comments

Popular posts from this blog

News

महाशिवरात्री तयारी १९ फागुन, काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शनको लागि आवश्यक सबै तयारी पूरा भएको छ । यस वर्षको महाशिवरात्री सोमबार परेको छ । पशुपतिनाथ दर्शन गर्न आउन भक्तजनको लाइनको व्यवस्था, सुरक्षा, आवास तथा भोजन, प्राथमिक स्वास्थ्य उपचार लगायतका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी र भिड व्यवस्थापन गर्न ५ हजार स्वयंसेवक परिचालित हुनेछन् । भिडभाडमा चोरी र लुटपाट हुन सक्ने भन्दै गरगहना नलगाइ मन्दिर दर्शनका लागि आउन पशुपति क्षेत्र विकास कोषले आह्वान गरेको छ । पशुपति क्षेत्र वरपर मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ भने प्लाष्टिक निषेध गरिएको छ । चारैतर्फ लाइनको व्यवस्था कोषले पशुपति नाथ मन्दिरको चारैतिरबाट दर्शनार्थीको लाइनको व्यवस्था मिलाएको छ । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक-एक गरी दुई वटा लाइनको व्यवस्था व्यवस्था मिलाइएको छ । यसैगरी जयवागे...

जापान जान एन–४ तहको भाषा जरुरी हुने

काठमाडौँ, १७ फागुन । रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीहरुले एन–४ तहको जापानी भाषा उर्तिण गर्नेहरु रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका हुन् । जापानी भाषामा एन–४ तह उर्तिण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो । केयर गिभरको लागि भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । दुई महिनाअघि जापानले मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपाल उत्साहित छ । आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने भनिए पनि मन्त्रालय मार्चदेखि नै भाषा परीक्षणको प्रक्रिया थाल्ने तयारीमा छ । जापान जानेले भाषाको साथै सम्बन्धित कामको अनुभव र सीप पनि सिकेको हुनुपर्छ ।