Skip to main content

Posts

Showing posts from 2019

जापान जान एन–४ तहको भाषा जरुरी हुने

काठमाडौँ, १७ फागुन । रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीहरुले एन–४ तहको जापानी भाषा उर्तिण गर्नेहरु रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका हुन् । जापानी भाषामा एन–४ तह उर्तिण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो । केयर गिभरको लागि भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । दुई महिनाअघि जापानले मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपाल उत्साहित छ । आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने भनिए पनि मन्त्रालय मार्चदेखि नै भाषा परीक्षणको प्रक्रिया थाल्ने तयारीमा छ । जापान जानेले भाषाको साथै सम्बन्धित कामको अनुभव र सीप पनि सिकेको हुनुपर्छ ।

संयुक्त सैनिक अभ्यास स्थगित, उत्तर कोरियालाई मनाउने प्रयास जारी

सियोल, १९ फागुन । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् । उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न लगाउने उद्देश्यले कुटनीतिक प्रयत्नका लागि संयुक्त सैन्य अभ्यास रोकेको बताइएको छ । भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अन बीचको शिखर वार्ता विना सहमति टुङ्गिए लगत्तै दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास स्थगित गर्ने निर्णय सार्वजनिक भएको छ । उक्त शिखर वार्तामा कुनै औपचारिक सम्झौता नभए पनि दुबै पक्ष वार्तालाई निरन्तरता दिन प्रयत्नरत छन् । दक्षिण कोरियामा हाल करिब ३० हजार अमेरिकी सैनिक तैनाथ छन् । वार्षिक सैन्य अभ्यासमा दशौं हजार दक्षिण कोरियाली सेना पनि सहभागी हुने प्रचलन छ । उत्तर कोरियाले उक्त वार्षिक सैन्य अभ्यासलाई आफू विरुद्धको हमलाका रुपमा लिँदै आएको छ । दक्षिण कोरियामा तैनाथ सेना तत्काल फिर्ता गर्ने कुनै योजना नरहेको स्पष्ट गर्दै आउनुभएका अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली सैन्य अभ्यासको खर्चका बारेमा बारम्बार प्रश्न उठाउने गर्नुभएको छ । हनोईमा आयो...

बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता

चार दिनको फरकमा दोस्रो एल क्लासिकोमा जित हासिल गरी बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता बनाएको छ । बार्सिलोनाको जितमा इभान राकिटिकको गोल निर्णायक बन्यो तर यस नतिजाले रियल मड्रिडको ला लिगा उपाधि दौडमा पनि नराम्रो धक्का लागेको छ । सन्टियागो बर्नबाउमा खेलको २६औं मिनेटमा सेर्गी रोबर्टोसँगको उत्कृष्ट तालमेलपछि राइटिचले गोल गर्न सफल भएका थिए । करिम बेन्जेमा र रफायल भारान बराबरी गर्ने उत्कृष्ट अवसरमा चुकेपछि बार्सिलोनाले रियल मड्रिडविरुद्ध ४ दिनमा लगातार अवे जित निकालेको हो । ला लिगा अंक तालिकामा रियल मड्रिड तेस्रो स्थानमा छ । लिगमा १२ खेल बाँकी रहँदा शीर्ष स्थानको बार्सिलोनासँग १२ अंकले पछि छ । एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । आज रियल सोसिडाडसँग हुने खेलमा एट्लेटिकोले जित हासिल गरेमा पनि बार्सिलोनाको ७ अंकको अग्रता यथावत नै हुनेछ । यो जितले बार्सिलोना पछिल्लो पाँचमध्ये चौथो उपाधिको नजिक पुगेको छ । रियलविरुद्धको खेल सकिएपछि बार्सिलोनाका खेलाडीहरुको सेलिब्रेसनले पनि यो पुष्टि गरेको छ । २६ खेलमा बार्सिलोनाको यो १८ औं जित हो । खतरनाक टिमहरुलाई रोक्द...

News

महाशिवरात्री तयारी १९ फागुन, काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शनको लागि आवश्यक सबै तयारी पूरा भएको छ । यस वर्षको महाशिवरात्री सोमबार परेको छ । पशुपतिनाथ दर्शन गर्न आउन भक्तजनको लाइनको व्यवस्था, सुरक्षा, आवास तथा भोजन, प्राथमिक स्वास्थ्य उपचार लगायतका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी र भिड व्यवस्थापन गर्न ५ हजार स्वयंसेवक परिचालित हुनेछन् । भिडभाडमा चोरी र लुटपाट हुन सक्ने भन्दै गरगहना नलगाइ मन्दिर दर्शनका लागि आउन पशुपति क्षेत्र विकास कोषले आह्वान गरेको छ । पशुपति क्षेत्र वरपर मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ भने प्लाष्टिक निषेध गरिएको छ । चारैतर्फ लाइनको व्यवस्था कोषले पशुपति नाथ मन्दिरको चारैतिरबाट दर्शनार्थीको लाइनको व्यवस्था मिलाएको छ । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक-एक गरी दुई वटा लाइनको व्यवस्था व्यवस्था मिलाइएको छ । यसैगरी जयवागे...

International News

 China doesn't want to get caught in the middle of a India-Pakistan conflict. China has close economic, diplomatic and military ties with Pakistan, making it one of the nation's closest allies in region. China's President Xi Jinping shakes hands with Pakistan's Prime Minister Imran Khan on November 2. Meanwhile, China's long-running trade war with the US has forced Beijing to look for alternative trading partners. As result, China has started to rebuild ties with rival rising power India and Prime Minister Narendra Modi. Last year Modi made two visits to China. This week, China's Foreign Ministry called for both Pakistan and India to "maintain self-restraint and focus on regional peace and stability." In an urgent late night call on Wednesday, Pakistan Foreign Minister Shah Mehmood Qureshi asked Chinese Foreign Minister Wang Yi to play "a constructive role in easing the current tensions." During the call, China'...

Nepalese bikers

life is short so grip it and rip it