Skip to main content

News

महाशिवरात्री तयारी


१९ फागुन, काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शनको लागि आवश्यक सबै तयारी पूरा भएको छ । यस वर्षको महाशिवरात्री सोमबार परेको छ ।
पशुपतिनाथ दर्शन गर्न आउन भक्तजनको लाइनको व्यवस्था, सुरक्षा, आवास तथा भोजन, प्राथमिक स्वास्थ्य उपचार लगायतका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी र भिड व्यवस्थापन गर्न ५ हजार स्वयंसेवक परिचालित हुनेछन् । भिडभाडमा चोरी र लुटपाट हुन सक्ने भन्दै गरगहना नलगाइ मन्दिर दर्शनका लागि आउन पशुपति क्षेत्र विकास कोषले आह्वान गरेको छ ।
पशुपति क्षेत्र वरपर मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ भने प्लाष्टिक निषेध गरिएको छ ।
चारैतर्फ लाइनको व्यवस्था
कोषले पशुपति नाथ मन्दिरको चारैतिरबाट दर्शनार्थीको लाइनको व्यवस्था मिलाएको छ । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक-एक गरी दुई वटा लाइनको व्यवस्था व्यवस्था मिलाइएको छ ।
यसैगरी जयवागेश्वरी-इट्टापाखा-भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एउटा लाइनको व्यवस्था छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
यस्तै बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान-सुमार्गी भवन-चारशिवालय-पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक-एक गरी दुई लाइनको व्यवस्था पनि मिलाएको छ ।
भक्तजनको भीड बढी भएमा तिलगंगा-राम मन्दिरतिरबाट समेत अर्को एउटा लाइनको व्यवस्था गरिने सदस्य सचिव ढकालले बताए ।
ज्येष्ठ नागरिक र अशक्तलाई भने लाइनमा नबसी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
बाहिरिने ढोकैमा चन्दन वितरण
महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता-चप्पल राख्ने व्यवस्था मिलाइएको छ ।
दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ । हंसमण्डप, वनकालीको खुला स्थान, तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकीएको छ । आवास क्षेत्रमा १०० संस्थाले निःशुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाएका छन् ।
६ हजार सुरक्षाकर्मी, ५ हजार स्वयंसेवक
पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने कोषले जनाएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न संघसंस्थाका पाँच हजार स्वयंसेवक खटाइने छ ।
भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्ट िनै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन् ।
पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एकहप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् ।
बढे साधुसन्त 
शिवरात्रीका लागि पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तको संख्या बढ्दो क्रममा छ । भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी बताए ।
उनका अनुसार शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको छ । साधुसन्तलाई निःशुल्क आवास, भोजन र धुनी बाल्ने व्यवस्था मिलाइएको छ ।
उनीहरुलाई फागुन २२ गते दान दक्षिणासहित बिदाइ गरिने कोषले जनाएको छ ।
पाँच स्थानमा पार्किङ
तिलगंगा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुहृयेश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल-गौशाला-चावहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिनेछ ।
हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले भक्तिसंगीत कार्यक्रम प्रदर्शन गर्नेछन् । आइतबारदेखि नै पश्चिम मूल ढोकाअघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन गरिनेछ ।

Comments

Popular posts from this blog

जापान जान एन–४ तहको भाषा जरुरी हुने

काठमाडौँ, १७ फागुन । रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीहरुले एन–४ तहको जापानी भाषा उर्तिण गर्नेहरु रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका हुन् । जापानी भाषामा एन–४ तह उर्तिण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो । केयर गिभरको लागि भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । दुई महिनाअघि जापानले मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपाल उत्साहित छ । आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने भनिए पनि मन्त्रालय मार्चदेखि नै भाषा परीक्षणको प्रक्रिया थाल्ने तयारीमा छ । जापान जानेले भाषाको साथै सम्बन्धित कामको अनुभव र सीप पनि सिकेको हुनुपर्छ ।

बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता

चार दिनको फरकमा दोस्रो एल क्लासिकोमा जित हासिल गरी बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता बनाएको छ । बार्सिलोनाको जितमा इभान राकिटिकको गोल निर्णायक बन्यो तर यस नतिजाले रियल मड्रिडको ला लिगा उपाधि दौडमा पनि नराम्रो धक्का लागेको छ । सन्टियागो बर्नबाउमा खेलको २६औं मिनेटमा सेर्गी रोबर्टोसँगको उत्कृष्ट तालमेलपछि राइटिचले गोल गर्न सफल भएका थिए । करिम बेन्जेमा र रफायल भारान बराबरी गर्ने उत्कृष्ट अवसरमा चुकेपछि बार्सिलोनाले रियल मड्रिडविरुद्ध ४ दिनमा लगातार अवे जित निकालेको हो । ला लिगा अंक तालिकामा रियल मड्रिड तेस्रो स्थानमा छ । लिगमा १२ खेल बाँकी रहँदा शीर्ष स्थानको बार्सिलोनासँग १२ अंकले पछि छ । एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । आज रियल सोसिडाडसँग हुने खेलमा एट्लेटिकोले जित हासिल गरेमा पनि बार्सिलोनाको ७ अंकको अग्रता यथावत नै हुनेछ । यो जितले बार्सिलोना पछिल्लो पाँचमध्ये चौथो उपाधिको नजिक पुगेको छ । रियलविरुद्धको खेल सकिएपछि बार्सिलोनाका खेलाडीहरुको सेलिब्रेसनले पनि यो पुष्टि गरेको छ । २६ खेलमा बार्सिलोनाको यो १८ औं जित हो । खतरनाक टिमहरुलाई रोक्द...