Skip to main content

News

महाशिवरात्री तयारी


१९ फागुन, काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शनको लागि आवश्यक सबै तयारी पूरा भएको छ । यस वर्षको महाशिवरात्री सोमबार परेको छ ।
पशुपतिनाथ दर्शन गर्न आउन भक्तजनको लाइनको व्यवस्था, सुरक्षा, आवास तथा भोजन, प्राथमिक स्वास्थ्य उपचार लगायतका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी र भिड व्यवस्थापन गर्न ५ हजार स्वयंसेवक परिचालित हुनेछन् । भिडभाडमा चोरी र लुटपाट हुन सक्ने भन्दै गरगहना नलगाइ मन्दिर दर्शनका लागि आउन पशुपति क्षेत्र विकास कोषले आह्वान गरेको छ ।
पशुपति क्षेत्र वरपर मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ भने प्लाष्टिक निषेध गरिएको छ ।
चारैतर्फ लाइनको व्यवस्था
कोषले पशुपति नाथ मन्दिरको चारैतिरबाट दर्शनार्थीको लाइनको व्यवस्था मिलाएको छ । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक-एक गरी दुई वटा लाइनको व्यवस्था व्यवस्था मिलाइएको छ ।
यसैगरी जयवागेश्वरी-इट्टापाखा-भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एउटा लाइनको व्यवस्था छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
यस्तै बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान-सुमार्गी भवन-चारशिवालय-पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक-एक गरी दुई लाइनको व्यवस्था पनि मिलाएको छ ।
भक्तजनको भीड बढी भएमा तिलगंगा-राम मन्दिरतिरबाट समेत अर्को एउटा लाइनको व्यवस्था गरिने सदस्य सचिव ढकालले बताए ।
ज्येष्ठ नागरिक र अशक्तलाई भने लाइनमा नबसी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
बाहिरिने ढोकैमा चन्दन वितरण
महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता-चप्पल राख्ने व्यवस्था मिलाइएको छ ।
दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ । हंसमण्डप, वनकालीको खुला स्थान, तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकीएको छ । आवास क्षेत्रमा १०० संस्थाले निःशुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाएका छन् ।
६ हजार सुरक्षाकर्मी, ५ हजार स्वयंसेवक
पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने कोषले जनाएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न संघसंस्थाका पाँच हजार स्वयंसेवक खटाइने छ ।
भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्ट िनै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन् ।
पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एकहप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् ।
बढे साधुसन्त 
शिवरात्रीका लागि पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तको संख्या बढ्दो क्रममा छ । भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी बताए ।
उनका अनुसार शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको छ । साधुसन्तलाई निःशुल्क आवास, भोजन र धुनी बाल्ने व्यवस्था मिलाइएको छ ।
उनीहरुलाई फागुन २२ गते दान दक्षिणासहित बिदाइ गरिने कोषले जनाएको छ ।
पाँच स्थानमा पार्किङ
तिलगंगा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुहृयेश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल-गौशाला-चावहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिनेछ ।
हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले भक्तिसंगीत कार्यक्रम प्रदर्शन गर्नेछन् । आइतबारदेखि नै पश्चिम मूल ढोकाअघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन गरिनेछ ।

Comments

Popular posts from this blog

बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता

चार दिनको फरकमा दोस्रो एल क्लासिकोमा जित हासिल गरी बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता बनाएको छ । बार्सिलोनाको जितमा इभान राकिटिकको गोल निर्णायक बन्यो तर यस नतिजाले रियल मड्रिडको ला लिगा उपाधि दौडमा पनि नराम्रो धक्का लागेको छ । सन्टियागो बर्नबाउमा खेलको २६औं मिनेटमा सेर्गी रोबर्टोसँगको उत्कृष्ट तालमेलपछि राइटिचले गोल गर्न सफल भएका थिए । करिम बेन्जेमा र रफायल भारान बराबरी गर्ने उत्कृष्ट अवसरमा चुकेपछि बार्सिलोनाले रियल मड्रिडविरुद्ध ४ दिनमा लगातार अवे जित निकालेको हो । ला लिगा अंक तालिकामा रियल मड्रिड तेस्रो स्थानमा छ । लिगमा १२ खेल बाँकी रहँदा शीर्ष स्थानको बार्सिलोनासँग १२ अंकले पछि छ । एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । आज रियल सोसिडाडसँग हुने खेलमा एट्लेटिकोले जित हासिल गरेमा पनि बार्सिलोनाको ७ अंकको अग्रता यथावत नै हुनेछ । यो जितले बार्सिलोना पछिल्लो पाँचमध्ये चौथो उपाधिको नजिक पुगेको छ । रियलविरुद्धको खेल सकिएपछि बार्सिलोनाका खेलाडीहरुको सेलिब्रेसनले पनि यो पुष्टि गरेको छ । २६ खेलमा बार्सिलोनाको यो १८ औं जित हो । खतरनाक टिमहरुलाई रोक्द...

जापान जान एन–४ तहको भाषा जरुरी हुने

काठमाडौँ, १७ फागुन । रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीहरुले एन–४ तहको जापानी भाषा उर्तिण गर्नेहरु रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका हुन् । जापानी भाषामा एन–४ तह उर्तिण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो । केयर गिभरको लागि भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । दुई महिनाअघि जापानले मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपाल उत्साहित छ । आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने भनिए पनि मन्त्रालय मार्चदेखि नै भाषा परीक्षणको प्रक्रिया थाल्ने तयारीमा छ । जापान जानेले भाषाको साथै सम्बन्धित कामको अनुभव र सीप पनि सिकेको हुनुपर्छ ।